प्रदेशसभा बैठक स्थगित

रिपोर्ट नेपाल | 2019 Apr 24 | 06:25 pm 1897

बुटवल, वैशाख ११ :  प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार एक सूचना प्रकासित गरी प्रदेशसभाको बैठक १५ गते सम्मका लागि स्थगित भएको जनाएको हो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्धारा हस्ताक्षरित सूचनामा वैशाख १३ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी तय भएको वैठक बिशेष कारणबस सभामुखले स्थगित गरी लागि निर्धारण गरेको जनाइएको छ सूचनामा बिशेष कारणबस वैठक स्थगित गरिएको जनाइए पनि कारण भने खुलाइएको छैन । हिजो बसेको प्रदेशसभा बैठकको अन्त्यमा सभामुख पूर्णबहादुर घर्तीले अर्को बैठक १५ गते दिउँसो १ बजे सदनलाई जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.