प्रदूषणबाट छालालार्इ कसरी जाेगाउने

रिपोर्ट नेपाल | 2018 May 28 | 01:29 pm 3630

काठमाण्डौः यतिखेर बढ्दो शहरीकरण र सवारी चापको चपेटामा परेको छ । सवारीसाधनको धुावले प्रदूषण बढाईरहेका बेला खानेपानी आयोजनाका नाममा जताजतै खनिएका सडकमा उडेको धुलोले वातावरण निस्सासिँदो छ ।

सन् २०१७ को प्रदूषण सर्वेक्षण अनुसार काठमाण्डौं संसारकै पाँचौ प्रदूषित सहरका रुपमा दर्ज भएको छ । २०१८ को सुरुवातमा भएको वातावरणीय मापनसम्बन्धी सर्वेक्षणमा पनि नेपाल १८० मुलुकमध्ये सबै भन्दा तल परेको छ । यसैगरी दैनिक नापिने सुर्यको किरणको राप (युभी इनडेक्स) पनि काठमाण्डौंले विकराल समस्या देखाएको छ ।

यी तथ्यांकबाट सर्वसाधरणले के बुझ्ने ?

वातावरणीय प्रदूषणले हाम्रो स्वास्थ्यमा नकारात्मक र दीर्घकालीन असर पुर्याउँछ । प्रदूषणका कारण ठोस, तरल र ग्यासरुपी रासायनिक र सूक्ष्म कणहरुले छालामा बहुआयामिक हानि गर्छन् ।

छाला शरीरको बाह्य र ठूलो अंग भएकाले यसले रक्षात्मक कवचको काम गर्छ । यसैले प्रदूषणको पहिलो सिकार पनि छाला नै बन्छ । विकारयुक्त रासायनीक पदार्थहरु छालाको पत्र भित्र पस्छन् र समस्या निम्त्याउँछन् ।यिनले छालाको पहिलो पत्रमा हुने भिटामिन ई नाश गर्ने र तेल तत्वको सनतुलन विगार्ने अनुसन्धानले देखाउँछ ।

यसरी तेल र भिटामिन नाश हुँदा छाला सुख्खा, चमकहिन हुने र एलर्जीप्रति बढी कमजोर हुने गर्छ । घाम, हावा, रसायन र कस्मेटिकको एलर्जी आजभोली निकै बढ्दो छ ।

चीनमा गरिएको अनुसन्धानले भने कतिपयमा छाला धेरै चिल्लो हुने देखिएको छ । यो चिल्लोपना प्राकृतिक रुपले नभई छालाको काँचुली फेर्नमा प्रदुषणले पुर्याउँने बाधाले र तेल ग्रन्थि बन्द गर्ने कारणले हुने देखिएको छ ।

तेलग्रन्थि थुनिँदा डण्डीफोरको समस्या धेरै बढ्न सक्छ । सहरी धुवाँधरलो र सवारीबाट निस्कने धुवाँले कालो दाग लगाएतका समस्या बढाउँछ ।

यसैगरी दीर्घकालमा छिट्टै चाउरी पर्ने र क्यान्सरको जोखिम बढ्ने देखाएको छ । कत्लेरोग र एलर्जीका समस्या पनि दिनहुँ बढ्दो छ ।
यी विभिन्न समस्याबाट बच्न छालालाई सधै सफा राख्ने, नियमित मोइस्चराइजर र सनक्रिम प्रयोग गर्ने गर्नुपर्छ ।

बाहिर निस्कदा पूरा बाहुला भएको लुगा लगाउने र राम्रो किसिमको मेडिकल मास्क लगाउने गर्नु पर्छ । दिउँसोको प्रचण्ड घाम र प्रदूषणको समयमा बाहिरी काम सकेसम्म कम गर्ने र घरभित्र एयरफिल्टर वा हावा सफा गर्ने यन्त्र जडान गर्ने सल्लाह पनि विशेषज्ञले दिनछन् ।

विभिन्न अन्तर्राष्ट्रिय मेडिकल सर्वेक्षणका अनुसार कोठा भित्र बस्दा झ्याल ढोका लगाएर बस्ने र घना सवारी आवतजावत हुने प्रमुख सडकहरुबाट घरहरु टाढा बनाउँदा पनि स्वास्थ्यमा पर्ने जोखिमलाई न्युनीकरण गर्न सकिन्छ ।

डा स्मृति श्रेष्ठ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.