प्रथम सभापोखरी रनिङशिल्डको उपाधी एनआरएनए जापान कान्साईलाई

रिपोर्ट नेपाल | 2022 Mar 08 | 10:29 am 1137

  • थम्मन थापा

बागलुङ, फागुन २४ः संखुवासभाको सभापोखरी गाउँपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरिय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधी एनआरएनए जापान कान्साईले हात पारेको छ ।

सोमबार सभापोखरी रंगशाला बाह्रबिसे संखुवासभामा भएको फाइनल खेलमा एनआरएन जापान कान्साईले ३–० को सोझो सेटमा षडानन्द नगरपालिका भोजपुरलाई पराजित गर्दै उपाधी विजेता बनेको हो ।

गलकोट नगरपालिकाका खेलाडीलाई आवद्ध गरेको एनआरएनए ओसाका कान्साईले फाइनलमा षडानन्द नगरपालिका भोजपुरलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेको आयोजकले जनाएको छ ।

१० समुहको सहभागिता रहेको प्रथम सभापोखरी अन्तरपालिका स्तरिय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोेगितामा उपाधीको विजेता बनेको एनआरएनए कान्साई जापानले नगद रु ३ लाख सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भनें प्रतियोगिताको उपविजेता षडानन्द नगरपालिका भोजपुरले १ लाख ५० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा बागलुङको गलकोट नगरपालिकाका खेलाडीहरु देशका धेरै पालिकामा आयोजित खेलमा विजेता बन्न सफल भएको भलिबल प्रशिक्षक सुरेन्द्र केसीले बताए ।

एनआरएनए जापान कान्साईले नेपालको शिक्षा क्षेत्रमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरि विभिन्न समयमा सहयोग गर्दै आईरहेको एनआरएनए जापान क्षेत्रिय समिती कान्साईका संयोजक दिलिप शर्मा गैरेले जानकारी दिए ।

उनले भने, यस संस्थाले खेलकुद क्षेत्रको विकास अनि खेलाडीको मनोबल सदैव उच्च राख्नको निमित्त नेपालमा रहेका खेलाडीलाई आर्थिक सहयोग प्रदान गरि खेलकुदको विकास र स्तरवृद्विमा टेवा पुराउँदै आएको छ ।

राष्ट्रका गहना मानिने खेलाडीलाई विदेशबाट सहयोग गर्न पाउदा आफुहरुलाई गर्व लाग्ने गरेको संस्थाका सदस्य कुलबिर थापाले बताए । हाम्रो सानो सहयोगले हाम्रो देशको शिक्षा ,खेलकुद क्षेत्रलाई थप अब्बल बनाउन सहयोग पुगोस भन्ने उद्येश्यले हामीहरु हरेक समय सहयोग गर्न तयार छौं । थापाले भने, त्यसको लागि हाम्रो संस्था एनआरएनए कान्साई कार्यसमिती प्रतिवद्ध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.