-कौरव खत्री
बाग्लुङ, कार्तिक १४ बाग्लुङको गलकोटमा सञ्चालन भएकोे प्रथम गलकोट महोत्सवमा आर्थिक कारोवार सन्तोषजनक रुपमा संकलन हुँदै गएको छ ।

महोत्सवमा राखिएका विभिन्न स्टल तथा जाडोका न्यानो कपडा, झुला झुलापिङ्ग, बाल मनोरञ्जन, टिकट, होटल व्यवसाय लगायतबाट गरी पाँचौ दिनसम्म करिब ३५ लाख बरावरको कारोवार भएको बाग्लुङ उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा अर्गानिक खाना, लोक संस्कृति तथा खेलकुद हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्य अवलोकन, जल साहसिक खेल क्यानोइङ्ग लगायत महोत्सवका मुख्य आकर्षण रहेको उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

महोत्सवको पाँचौ दिनमा पनि राष्ट्रिय कलाकार थानेश्वर गौतम, ज्योति मगर, हस्यकलाकार पुर्षोतम भण्डारी (पुर्खेबा) स्थानीय कलाकारहरु लगायतको समेत साँस्कृतिक प्रस्तुती रहेको थियो ।
उक्त महोत्सव १८ गतेसम्म सञ्चालन हुने छ भने महोत्सवले ओझेलमा परेका कला संस्कृतिको संरक्षण र प्रवर्धन गदै गलकोट क्षेत्रको कला संस्कृतिको संरक्षण, कृषि,पर्यटन, उद्योग तथा व्यापारको प्रवर्धन र वृद्धि विकासमा थप बल पुर्याउने इकाईका अध्यक्ष श्रेष्ठले बताए ।