प्रथम गलकोट महोत्सवको मुख्य आकर्षण क्यानोइङ्ग बन्ने

रिपोर्ट नेपाल | 2018 Oct 29 | 04:26 pm 4015

  • कौरव खत्री

गुल्मी, कार्तिक १२ : बाग्लुङ्गको गलकोटमा सञ्चालन भएको प्रथम गलकोट महोत्सवमा क्यानोइङ्ग प्रमुख आकर्षक बन्ने भएको छ ।

महोत्सवमा जिल्लाकै पहिलो गलकोट नगरपालिका ३ सहश्रधारामा रहेको ७८ मिटर अग्लो जल साहसिक खेल क्यानोइङ्ग यही १७ गते र १८ गते खेलिने हुँदा त्यसको प्रत्यक्ष अवलोकन गर्न आग्रह गदै महोत्सवले गर्दा क्यानोइङ्गको प्रचार प्रसारमा थप बल पुर्याउने  र पछिल्लो समयमा आएर क्यानोइङ्ग खेलमा आन्तरिक पर्यटकहरूको आकर्षण समेत बढ्दो रहेको गलकोट नगरपालिका ३ बाग्लुङ्गका वडा अध्यक्ष वीर जङ्ग भण्डारीले जानकारी दिए ।

यति बेला क्यानोइङ्गमा पूर्वाधार निर्माणको कार्य अगाडी बढिरहेको हुनाले त्यसका लागि गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताए । गत २०७४ साल फाल्गुण र चैत्र महिना गरी २ पटक क्यानोइङ्गको सफल परीक्षण गरिसकिएको समेत वडा अध्यक्ष भण्डारीले बताए ।

महोत्सवमा आर्गनिक खाना,लोक संस्कृति तथा खेलकुद हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्य अवलोकन लगायत महोत्सवका मुख्य आकर्षण रहेको बाग्लुङ्गउद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गत ९ गतेदेखि सञ्चालन भएको प्रथम गलकोट महोत्सव १० दि सम्म सञ्चालन हुने अर्थात् १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ओझेल परेका कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गदै गलकोट क्षेत्रको कला संस्कृतिको संरक्षण,कृषि,पर्यटन,उद्योग तथा व्यापारको प्रवर्द्धन र वृद्धि विकासमा थप बल पुग्ने इकाईका अध्यक्ष श्रेष्ठले बताए ।

तस्बिर कौरव खत्री

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.