प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीले दिए निर्देशन

| 2024 Jan 16 | 08:36 pm 1517

काठमाडौँ ,माघ ०२ / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिएका हुन्।

हिजो मात्रै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रतिष्ठानका निमित्त उपकुलपतिलाई समस्या समाधान गर्न चेतनावनी दिँदै कार्यालमया ताला लगाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.