प्रतिबन्धीत लागूऔषध सहित चार पक्राउ

| 2019 Apr 08 | 02:08 pm 2503

काठमाडौं, चैत २५ : छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसिहत प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सर्लाही, ब्रहम्पुरी गाउँपालिका–४ स्थित झिमपुलको बाँधबाट नाईट्रोभेट ३० थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी गौशाला गाँउपालिका–५ का २१ वर्षीय राजु साह रौनियार र सोही स्थानका २२ वर्षीय विवेककुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ज ३ प ५३८८ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक राजु र मोटरसाइकलमा सवार विवेकलाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय पंकज मिश्रालाई नाईट्रोभेट १४ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री पंकजलाई नगराईन नगरपालिका–६ सिमा प्रहरी चौकी अगाडिबाट प्रहरीले पक्राउ गरेको हो।

यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने २१ बर्षीय खुसिलाल मुखियालाई नाईट्रोभेट ९० ट्याव्लेट सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरी टोलीले सवैला नगरपालिका–१२ स्थित रघुनाथपुरमा खुसीलाललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.