प्रतिबन्धीत लागूऔषधसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 27 | 07:37 pm 1871

नवलपरासी (पूर्व), असार १२:  अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ललितपुर टुंगुन गाउँपालिका-१ का २६ वर्षीय बिक्रम थोकर र ललितपुर महालक्ष्मी नगरपालिका-३ का ३७ वर्षीय श्यामसुन्दर पौडेल रहेका छन्।

उनीहरूलाई मध्यबिन्दु नगरपालिका-१५ चोरमारा अरुणखोलाको जंगलस्थित पूर्वपश्चिम राजमार्गबाटनुफिन १ सय ९ एम्पुल, डाईजोपाम १ सय ९ एम्पुल र फेनरागन १ सय ९ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

सोही ठाउँस्थित खटिएको प्रहरीले ना.६ ख १३३३ नम्बरको बसमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.