काठमाडौं, साउन ११: छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ कौशलटारबाट काठमाडौं बालुटारका २३ वर्षीय दिपु राज कर्णिकार र काठमाडौं चन्द्रागिरी नगरपालिका–४ झौखेलका २५ वर्षीय शम्भू गोले पक्राउ परेका छन् ।
उनीहरुलाई प्रतिबन्धीत लागूऔषध नाइट्राभेट ट्याब्लेट ३० पिस सहित प्रहरीले पक्राउ गरेको हो । बा ९२ प ४७५६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका–१० स्थित खोर्साने चोकबाट सुनसरी धरान उपनगरपालिका–१७ का २८ वर्षीय बिमल श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ ग्राम र लुप्रिजेसिक ९ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले को ३३ प ६६३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।