काठमाडौं, माघ ९ : अवैध रुपमा लागूऔषध बिक्रि वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२५ बाङ्गेमुढा डेरा गरी बस्ने रामेछाप फुर्पु–९ का ३२ वर्षीय अशोक लामा र सोही ठाउँस्थित हिमगङ्गा–१ घर भएका २१ वर्षीय रमेश थापामगर तथा अशोक र रमेशको कोठामा रहेका सिन्धुपाल्चोक मार्पिङ–९ घर भएका २८ वर्षिय राकेश श्रेष्ठ र सोही ठाउँ घर भएका २४ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध नुर्फिन ३ सय ४९ एम्पुल, फेनारगन ३ सय ४८ एम्पुल, डाईजापाम ३ सय ४८ एम्पुल, नाईट्रोभेट १ हजार ६५ एम्पुल, नाईट्रोसुन १ सय ६० एम्पुल र लागूऔषध गाँजा ५ सय ग्राम तथा नगद १४ हजार रुपैयाँ र बिभिन्न ब्राण्डका मोबाईल १२ थान सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागूऔषध बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरुको कोठा खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।