प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 23 | 07:08 pm 2108

स्याङ्जा, कात्तिक ६ :अवैध लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुई जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–७ का २९ वर्षीय महेन्द्र भण्डरी र गोरखा भिमसेन गाउँपालिका–७ का २८ वर्षीय सुरेश थापा रेहका छन् ।

उनीहरुलाई सिद्दार्थ राजमार्ग अन्तरगत पुतलीबजार–१ बाट पक्राउ गरेका हुन्। विशेष सुराकीको आधारमा भण्डारी र थापालाई शंकास्पद अवस्थामा भेटिएपछि खोजतलास गर्दा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसी नविनकृष्ण भण्डारी जानकारी दिए।

उनीहरुको साथबाट लागूऔषध डाईजेपाम ५०, फेनरागन ५०, नोफिन ५० एम्पुल बरामद गरेको भण्डरीले बताए। उनीहरुको जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.