प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 30 | 04:51 pm 4549

पर्सा, माघ १६: अवैध भारतीय रुपौयां सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवाका ३२ वर्षीय सुभाष चन्द रहेका छन् ।

उनलाई वीरगंज महानगरपालिका ८ घण्टाघरबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको नोट ६ सय थान गरी १२ लाख भारतीय रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट आउँदै गरेको बा ६ च ७४४० नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार चन्दको साथबाट उक्त प्रतिबन्धित भारतीय रुपैयाँ फेला पारेको हो ।

चन्दलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.