प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 27 | 02:30 pm 2037

पर्सा, पुस १२ : अवैध भारतीय रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत चम्पारण घर भई बाराको रिलाईन्स चिनीमिलमा काम गर्ने ३० वर्षीय प्रदिप भगतलाई पक्राउ गरेको छ ।

पक्राउ परेका प्रदिपको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको ४५ थान, ५ सय दरको १ सय ६१ थान र २ सय दरको २ थान समेत गरी करिब १ लाख ७० हजार ९ सय भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–१६ स्थित शंकाराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई उक्त प्रतिबन्धित भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.