काठमाडौं, पुस ८ : नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली काँग्रेस एकजुट भएर अघि बढ्न केन्द्रीय नेताहरूलाई आग्रह गरेका छन् । सर्वसत्तावादको कारण मूलुक र जनता आक्रान्त भइरहेको शनिबार नेपाली काँग्रेसको महासमिति बैठकमा बोल्दै सभापति श्रेष्ठले नेपाली काँग्रेस एकजुट भएर अघि बढ्नु पर्ने आग्रह गरेका हुन् ।
उनले नेपाली सदन र सडकमा काँग्रेसको भूमिका कमजोर हुँदा भष्ट्राचार, अनियमितता र विकृति जस्ता घटनाहरू वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै जिम्मेवार प्रतिपक्षको भूमिकालाई बढाई देश र जनताको लागि सोच्न केन्द्रीय नेताहरूलाई अनुरोध गरेका छन् ।
हामी सत्ता, सङ्गठन र प्रतिपक्षमा समेत असफल भएको कारणले अहिले नेपाली काँग्रेसका आम कार्यकर्ता र नेपाली जनताको बोली समेत बन्द भएको सभापति श्रेष्ठले बताए ।
हामी एकताको सन्देश दिऊँ किनभने एकता मै नेपाली काँग्रेस तथा हामी सबै कार्यकर्ता र आम नेपाली जनताको भविष्य रहेको भन्दै केन्द्रीय नेताहरूलाई गाउँ– गाउँमा जान समेत आग्रह गरे ।