प्रतिनिधि सभाको बैठक स्थगित, अर्काे बैठक पुस २८ गतेलाई तोकियो

| 2022 Jan 05 | 03:28 pm 1253

काठमाडौँ पुस २१: प्रतिनिधि सभाको भोलि बिहीवारका लागि बोलाइएको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज बुधवार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् । ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.