काठमाडौं, फागुन १ः प्रतिनिधिसभा संसदको फागुन २ गते तय भएको बैठकको मिति पुन: सरेको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ गतेका लागि सरेको जानकारी दिए ।
यससँगै संसदको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाद्वारा विशेष कारणवश संसद बैठकको मिति सार्नुपरेको विज्ञप्तिमा उल्लेख गरिदै आएको छ ।