- बिष्णुकुमार देवकोटा
दाङ, मंसिर ८ प्रजातन्त्र सेनानी स्व. तिलसरा खत्रिको संम्झनामा घोराही उपमहानगरपालिका वडा नं १० खैरीमा शोक सभा सम्पन्न भएको छ ।
पूर्व नारायणपुर गा.वि.स. अध्यक्ष पुर्णबहादुर बस्नेतकी धर्मपत्नि स्व. तिलसरा खत्रिको तेह्रैं पुण्य तिथीको अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको भएको हो ।
नेपाली काँग्रेस त्रिपुरनगर कार्यसमितिका सभापति दिपक पाण्डेको सभा अध्यक्षता एवं नेपाली काँग्रेसका महासमिति सदस्य टेक बहादुर डाँगिको प्रमुख आतिथ्यमा शोक सभा सम्पन्न भएको थियो ।
शोक सभामा पूर्व महाधिवेसन प्रतिनिधि हरी प्रसाद रजौरीया, महाधिवेसन प्रतिनिधि गीरीराज वली, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्यद्धय कमल बहादुर वली र बालिका लम्साल, लमहि नगरपालिकाका मेयर कूलबहादुर के.सी, नेकपाका जिल्ला सचिवालय सदस्य खिम बहादुर के.सी, तरुणदलका जिल्ला कोषाध्यक्ष अभियान बस्नेत, नेपाल महिला संघ क्षेत्र पनं २ की अध्यक्ष शुसिला पौडेल, उपाध्यक्ष केशरा पोख्रेलले पुरुषको सफलताको पछाडि महिलाको योगदानको चर्चा गरेका थिए ।
वि.सं २००५ सालमा पृथ्विमा अवतरण गरेकी स्व. तिलसरा खत्रीको स्वर्गारोहण यहि कार्तिक २६ गते ७१ बर्षको उमेरमा भएको थियो ।
नेपाली काँग्रेस त्रिपुरका सचिव बिष्णुकुमार देवकोटाले संचालन गरिएको कार्यक्रममा घरपरिवारको तर्फबाट जेठी बुहारी एवं नेपाल महिला संघ क्षेत्र नं ३ का सभापति जानका के.सीले गरेका थिए ।