प्रचण्ड नेतृत्वको नेकपाले नेपाल बन्द गर्ने

रिपोर्ट नेपाल | 2021 Feb 03 | 12:31 pm 2933

काठमाडौं, माघ २१ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानीक कदम विरुद्ध कडा आन्दोलनको तयारी गरेको बुझिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न संवैधानीक निकायको नियुक्ति सम्बन्धी फाईल फिर्ता पठाएपछि असंवैधानीक तरिकाले नियुक्ति गरिएको भन्दै थप आन्दोलनको तयारी गरेको छ ।

खुमलटार स्रोतका अनुसार आज बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा बिहीबार वा शुक्रबारदेखि नेपाल बन्द गर्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटन गरी मध्यावदी निर्वाचन गर्ने घोषणाको विरुद्ध प्रचण्ड माधव नेतृत्वको नेकपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । २२ वा २३ गतेदेखि गरिने नेपाल बन्द माघ २८ गतेसम्म गर्ने बिषयमा शिर्ष नेतृत्वबीच छलफल भएको समाचार स्रोत बताउ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले २३ गते राजधानी केन्द्रीत सभा राखेको छ । प्रचण्ड माधव नेतृत्वको नेकपाले गर्ने नेपाल बन्दले प्रधानमन्त्रीको कार्यक्रमलाई कति असर गर्ने हो हेर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.