प्रचण्ड गर्मिका कारण दुई बालिका बेहोस

रिपोर्ट नेपाल | 2019 Jun 26 | 11:16 am 2256

  • महेश सिंह महतो

सिरहा असार ११:  केही दिनदेखि बढेको प्रचण्ड गर्मिका कारण सिरहासहित तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गईरहेको छ ।

अत्यधिक तापक्रमकै कारण सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ स्थित जनता माध्यमिक विद्यालय राजपुरमा दुई बालिका बेहोस भएका छन् । विद्यालयका शिक्षक प्रदिप यादव र मोहन यादवले जानकारी दिएका छन् ।

कक्षा ६ मा अध्यनरत छात्रा निसा सदा र खुश्वु सदा पढदा पढदै बढदो तापक्रमका कारण बेहोस भएका हुन् । यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।

गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ ।

तापक्रम बढेसँगै आद्रता ५० देखि ६० प्रतिशत पुगेको स्थिति छ । गर्मी बढेसँगै यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

गर्मीमा विद्युत् अनियमित हुँदा जनजीवन झन कष्टकर बनेको छ । कम लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ ।

गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन। अस्पतालमा बिरामीको चाप बढेको छन । सिरहाको लहान, गोलबजार, मिर्चैया, बरीयारपट्टी अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामी मध्ये झाडापखाला, भाइरल ज्वरो र गर्मीको कारण हुने विभिन्न किसिमका रोग बढी देखिएको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.