काठमाडौं, माघ १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि सोमबार डिस्चार्ज भएकी छन् ।
ललितपुरस्थित सुमेरु अस्पतालमा माघ ६ गतेदेखि भाइरल ज्वरोको उपचार गराइरहेकी सीताको स्वास्थ्यमा सुधार आएपछि सोमबार दिउँसो २ बजे डिस्चार्ज गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
उनलाई आइतबार आईसीयुबाट जनरल वार्डमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा दाहालको निगरानी पश्चात स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।