काठमाडौं, असार १७: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रकाश दाहाल नेपाली राजनीतिमा भिज्न सक्ने सक्रिय युवा नेता भएको जनाएका छन् ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रकाश दाहालको ३८ औं जन्मजयन्तीका अवसरमा प्रकाश दाहाल प्रतिष्ठानद्वारा आयोजित सगरमाथा सम्मान कार्यक्रममा नेता नेपालले प्रकाश राजनीतिमा जतिजति चाख लिन्थे त्यति त्यति नै जोखिमपूर्ण कार्य पनि गर्ने साहसिक युवा भएको जनाएका छन् ।
विश्वको सबै भन्दा अग्लो सगरमाथा चढेर युवाहरुलाई साहसिकताको प्रमाण दिने दाहाल भौतिकरुपमा हामीमाँझ नभए पनि उनले छोडेर गएको रचनात्मक कार्य जिवित रहेको पनि नेता नेपालले बताए ।