प्रकाण्डविरुद्ध फेरि पक्राउ पुर्जी जारी

| 2018 Dec 29 | 09:14 am 1823

काठमाडाैँ, पुस १४  : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध पुनः पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशले विश्वकर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । सरकारले गठन गरेको वार्ता टोलीको समय अवधि सकिएलगत्तै प्रहरीले विश्वकर्माविरुद्ध पक्राउ पूर्जी टाँसेको हो ।

वार्ता टोलीले छलफलका लागि आह्वान गरिरहँदा पनि सम्पर्कमा नआएपछि मंसिर ८ र कात्र्तिक १६ गते जारी गरिएको पक्राउ पूर्जी बल्ल सार्वजनिक गरिएको हो ।

जिल्ला अदालत भोजपुरले बम विष्फोट गराई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरेको छ भने जिल्ला अदालत संखुवासभाले बम विष्फोट संगठित अपराध गरेको अभियोगमा पक्राउ पूर्जी जारी गरेको छ । यसअघि विश्वकर्मा चन्दा असुलीको आरोपमा साउन २२ गते पक्राउ गरी झण्डै ५० दिनपछि छुटेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.