प्यूठानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, १२ घाइते

रिपोर्ट नेपाल | 2022 Nov 09 | 08:18 am 2261

प्यूठान, कात्तिक २३: प्यूठानमा गए राती जीप दुर्घटना हुँदा घटनास्थलमा तीन जनाको मृत्यु भएको छ । अनियन्त्रित भएर जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी प्यूठान नगरपालिका वडा नम्बर–५ पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती ४६ वर्षीया जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीय महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका  प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनकारी दिए ।

जिल्लाको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जीप पूर्णागाउँ नजिक कुडापानीको घुम्टीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्यूठान नगरपालिका–५, बस्ने ५० वर्षीय फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीया बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीय गोरी खत्री, ३७ वर्षीाय निमलाल घर्ती, ३४ वर्षीया जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

घाइते मध्ये ६ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । गम्भीर घाइते ६ जनालाई बुटवल रिफर गरिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.