काठमाडौं, फागुन २० : सेना दिवसको अवसरमा फ्रि–फल गर्ने क्रममा प्यारासुटबाट खसेर एक जना सैनिक जवान घाइते भएका छन्। सैनिक मन्च टुँडिखेलमा भइरहेको कार्यक्रमका क्रममा नेपाली सेनाका हुड्डा (हवल्दार) पूर्णबहादुर भण्डारीको प्यारासुट नखुल्दा भुँइमा पछारिएका हुन्।
नेपाली सेनाका प्रवक्ता सहयाक रथी यामप्रसाद ढकालका अनुसार प्यारासुटमा देखिएको टेक्निकल फल्टका कारण भण्डारी भुँइमा बजारिएका हुन्। सहयाक रथी ढकालले भने, उनी अहिले खतरामुक्त भइसेको र थप उपचारका लागि सैनिक अस्पताल लगिएको जानकारी दिए ।
उनको आकस्मिक उपचारका लागि तत्कालन एम्बुलेन्समार्फत वीर अस्पतालमा लगिएको थियो।
सेना दिवस विशेष समारोहमा सेनाका विभिन्न टोली आतिसबाजी, शस्त्राभ्यासहितका विभिन्न कौशल प्रस्तुत गरिरहेका छन् ।