प्याराडाइजको एसर्इर्इ नतिजा सतप्रतिशत ‘ए प्लस’

रिपोर्ट नेपाल | 2018 Jun 28 | 11:42 am 8926

काठमाडौं असार १४: राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा राजधानीमा रहेको एक आवासिय विद्यालयले सतप्रतिशत रिजल्ट ए प्लस ल्याउन सफल भएको छ।

तिनथानामा भएको प्याराडाईज रिडर्स एकेडेमीले उक्त रिजल्ट ल्याउन सफल भएको हो। एकेडेमीका प्रिन्सिपल विरबहादुर जिसीले सतप्रतिशत ए प्लस ल्याउने यहि मात्रै विधालय भएको बताए । प्रिन्सिपल जिसीका अनुसार विधार्थीको लगनशीलता र सहकर्मी शिक्षकहरूको अथक प्रयास र मेहनतको कारण नतिजा राम्रो आएको हो।

अभिभावकले समय समयमा दिएको रचनात्मक सुझाव पनि नतिजा राम्रो ल्याउने अस्त्र भएको जिसीले बताए । विधालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश थापाले स्थापना भएको छोटो समयमा नै यस्तो रिजल्ट ल्याउन सफल विधालयलाई अभिभावकको विश्वास पहिलो भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.