पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

रिपोर्ट नेपाल | 2023 May 28 | 05:10 pm 1521

कास्की, जेठ १४ः जिल्लाको पोखरा महानगरपालिका २२ स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ बर्षिय मिन बहादुर गुरुङ्गको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर र फेवा रेस्क्यु टावरमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी, नेपाली सेना र स्थानिय प्रहरीको संयुक्त टोलीले खोजीकार्य गर्दा खोलाको १५ फिट गहिराइबाट बाहिर निकालेको हो ।

उनको शव पोष्टमार्टमको लागि गण्डकी अस्पताल कास्कीतर्फ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.