तनहुँ, जेठ १३ः पौडी खेल्ने क्रममा नदीले बगाइ एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ८ बलिफाँट बस्ने बर्ष ३५ का सुक बहादुर नेपाली रहेका छन् ।
साेही ठाउँमा रहेको सतदेबि मन्दिर निमार्णको लागि श्रमदान गर्न जान्छु भनि घरबाट निस्किएका उनी मर्स्याङ्दी नदीको किनारामा पौडी खेल्ने क्रममा नदिले बगाई बेपत्ता भएका थिए ।
तत्काल खोजतलासको लागि प्रहरी चौकी पुर्कोट तनहुँ, ईलाका प्रहरी कार्यालय भानु तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहुँबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानीय मानिसहरु समेतको संयुक्त टोली उक्त स्थानमा खटिई गई उनको खोजतलास गरिरहेको, हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान एवं खोजतलास भईरहेको प्रहरी नायव उपरीक्षक मोहन बहादु खाणले बताए ।