धनकुटा, जेठ ७: पौडीखेल्न गएका २ का दुई बालकलाई खोलाले बगाउदा मृत्यु भएको छ ।
सोमबार पौडीखेल्न गएका महालक्ष्मी नगरपालिका धनकुटाका ४ का १२ वर्षीय गौरब लुँगेली मगर र महालक्ष्मी नगरपालिका ३ का १४ वर्षीय अमिर मगरलाई लेगुवा खोलाले बगाउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर घाइते भएका गौरबलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको हो भने बेपत्ता भएका अमिरको शव मंगलबार बिहान बगाएको भन्दा एक सय मिटर तल फेला परेको महालक्ष्मी नगरपालिका २ का वडाअध्यक्ष धुब रायाले जानकारी दिए ।