पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला

रिपोर्ट नेपाल | 2020 Sep 17 | 09:05 pm 2031

रुपन्देही, असोज १ः जिल्लाको देवदह नगरपालिका ३ स्थित हात्ती डाँडामा निर्माणधिन सिचाईको ड्याममा बिहीबार पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।

पश्चिम नवलपरासी जिल्लाको सुनौल नगरपालिका ७ का १५ वर्षीय करण राना आज दिउँसो उक्त ड्याममा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोली उनको खोजीकार्यमा जुटेको थियो ।

एपीएफ टोलीले उनको शव सो ठाउँ नजिकै फेला पारेको हो ।

गाँजासहित पक्राउ

तनहुँ जिल्लाको आँवुखैरेनी गाउँपालिका ४ स्थित मुग्लिनबाट एपीएफ टोलीले करीव तीन किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका २३ का १८ वर्षीय कुशल सुनार, ३९ वर्षीय सुरज बिक, स्याङ्जा पुतलीबजार नगरपालिका २ का २८ वर्षीय रोशन गुरुङ्ग र सोही ठाउँ बस्ने पुजा गुरुङ्ग रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २३ गण तनहुँबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

मुग्लिनबाट आँवुखैरेनीतर्फ पैदल जाँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुमध्ये कुशल सुनारको साथमा उल्लेखित परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

औषधी बरामद

झापा जिल्लाको झापा गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ९२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टागनडुब्बाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.