पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला

| 2022 Oct 14 | 08:07 pm 1697

स्याङ्जा, असाेज २८ः जिल्लाको वालिङ नगरपालिका १ सिसौघारी स्थित आँधिखोलामा पौडी
खेल्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही ठाउँ बस्ने १९ वर्षिय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा असोज २६ गते दिउँसो करीव साढे ४ बजे बेपत्ता भएका थिए।

उक्त घटनाबारे जानकारी प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थल भन्दा १०० मिटर तल अन्दाजी १५ फिट गहिराईबाट उनको शव फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.