पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 07 | 09:40 am 4756

हेटौँडा, २३ असार : मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.