पौडीबाजमा गौरिका सिंहले पहिलो स्वर्ण

| 2019 Dec 05 | 05:43 pm 1712

काठमाडौं, मंसिर १९: दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीबाजमा गौरिका सिंहले पहिलो स्वर्ण पदक जितेकी छन् ।

यो दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो ।

बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २ सय मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् ।

यसअघि नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.