पोषण सम्बन्धी परामर्श कार्यशाला

रिपोर्ट नेपाल | 2023 May 31 | 10:05 pm 2365

जनकपुरधाम, जेठ १७ः नेपालको विकास सम्बन्धी विभिन्न परियोजनालाई सहयोग पुर्याई आएको जर्मन संस्था डब्लु. एच. एच.को सहायतामा आसमान नेपालले दिगो पोषण परियोजना अन्तरगत गरिरहेको खाद्य तथा पोषण सुरक्षा गुरुयोजना सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यशाला सम्पन्न भएको छ ।

No description available.

                                                डा. ओजस्वी आचार्य

यो परियोजना अन्तिम चरणमा पुगेको छ । यसमा प्रदेशका कमला नदी प्रभावित तीन नगरपालिका कर्जन्हा, कल्याणपुर र सिरहा लाई संलग्न गरिएको छ ।

लामो समयदेखि मधेश प्रदेशमा विभिन्न पक्षका विकास कार्यमा संलग्न रहेको चर्चित गैर सरकारी संस्था आसमान द्वारा जेठ ४ गते जनकपुरमा आयोजित उक्त कार्यशालामा सम्बन्धित सबै नपाका प्रतिनिधिहरुका अतिरिक्त स्वास्थ्य र कृषि विज्ञहरुको विशेष उपस्थिति थियो ।

No description available.

प्रदेशको नीति तथा योजनामा आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आसमानका प्रमुख नवलकिशोर यादव तथा विज्ञहरु गुरुप्रसाद सुवेदी, हरिशंकर साह, डा. विजय कुमार झा, कर्जन्हाका मेयर भोला प्रसाद पोखरेल, राजेन्द्र कोइराला, सिरहाकी उपमेयर बविता झा, सितेश प्रसाद तिवारी, इदृरिश राय, उत्तम शर्मा, राजेन्द्र विष्ट, बसुन्धारा शाह लगायतको सक्रिय भूमिका थियो ।

अध्यक्षको रुपमा मन्तब्य व्यक्त गर्दै नीति तथा योजना आयोगका उपाध्यक्ष चौधरीले जनताको वास्तविक अवस्थाको जानकारी बेगर बनाउने नीति बनाउने नीति र योजना अर्थहीन हुने भएकोले यसरी स्थलगत अध्ययन अनुसन्धान र छलफल गरेर बनेको प्रतिवेदन नीति र योजना निर्माताका लागि अपरिहार्य भएको बताउनु भयो ।

No description available.

यस अघि यस परियोजना सँग सम्बद्ध पोषण बिद् डा. ओजस्वी आचार्यले सम्बन्धित नपाका सबै वडाका घरघरमा गएर तथा सामुहिक भेला गरेर तथ्यहरु संकलन गरिएको, भौगोलिक अवस्थितिको अवलोकण गरिएको तथा पटक पटक सरोकारवालाहरु सँग औपचारिक अनौपचारिक अन्तरक्रियाहरु गरिएको जानकारी दिनुभयो ।

तथ्य संकलनको मुख्य काम डा. ओजस्वी नेतृत्वको एक्सन फर ट्रान्फरेसनले गरेको थियो । अब राष्ट्रिय स्तरको परामर्श कार्यशाला गरेर प्रतिवेदनहरुलाई अन्तिम रुप दिइने उहाँले बताउनुभयो ।

सहभागीहरुले लामो परिश्रम र स्थलगत अध्ययन पश्चात् तयार भएको उक्त प्रतिवेदन योजना र नीति निर्माणमा अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरेका थिए । उनीहरुले आसमानले यस प्रदेशका विभिन्न क्षेत्रको विकासमा पुर्याई आएको योगदान र कामको प्रशंसा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.