पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने खड्का पक्राउ 

रिपोर्ट नेपाल | 2023 Sep 03 | 08:24 pm 19377

काठमाडाैं, भदाै १७ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्यूठान खलङ्गा  स्थाई घर भई हाल काठमाडाैं वडा नं. २६ सामाखुशी बस्ने वर्ष २८ को नवराज खड्का पक्राउ परेका हुन् ।

उनले सन्दिप परियारलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनी ३ लाख लिई सम्पर्क विहीन भई ठगी गरेका थिए । पोर्चुगलमा फ्याक्ट्रीमा  काम लगाइदिने र  मासिक  १ लाख ५० हजार  भन्दा धेरै तलव हुने भनी परियारलाई विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।

खड्कालाई वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सामाखुशीबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.