पोखरीमा डुबेर एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 18 | 12:10 pm 3520

पूर्वी नवलपरासी, चैत ५: मंगलबार कावासोती १५ शेरगंजमा माछा पोखरीमा डुवेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय गुरु नेपालीका ११ वर्षीय छोरा बुद्धिराज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको हो।

माछा पोखरीमा डुबेको बालकलाई उद्धार गरी कालिगण्डकी अस्पताल कावासोती पुर्याए लगतै चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

बालकको शवलाई पोष्टमार्टमका लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा पठाई घटनाबारे अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.