पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनकाे अग्रता कायमै

रिपोर्ट नेपाल | 2022 May 19 | 11:12 am 1709

कास्की, जेठ ५ः पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता  छ ।

हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.