कास्की, साउन २९: पोखरा महानगरपालिकाकाे ११ वटा वडा कार्यालयमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छ ।
चाेरी गरेकाे अभियाेगमा पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ घर भई हाल पोखरा कालिकाचोक बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका १२ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएकाे जानकारी अनुसार महानगरका वडा कार्यालयहरुमा भएका प्रत्येक चोरीका घटनाको सुक्ष्म रुपमा अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संग्लन ब्यक्ति तथा समूहको खोजतलास,निगरानी गर्दा चाेरीमा उनीहरु संलग्न रहेकाे पाइएकाले नियन्त्रणमा लिएको बताए।
महानगरकाे ११ वटा वडा कार्यालयमा चाेरी गर्ने र चाेरीका सामान किन्नेलाइ पत्रकार सम्मेलनकाे आयोजना गरी सार्वजनिक गरिएकाे जिल्ला प्रहरी कायार्लय कास्कीले जानकारी दिए ।


