पोखरा पुगेका गगन थापालाई नेविसंघले देखायो कालो झण्डा

रिपोर्ट नेपाल | 2019 Feb 04 | 07:08 pm 2760

पोखरा, माघ २१ :नेपाली कांग्रेसका नेता गगन थापालाई नेपाल विद्यार्थी संघका विद्यार्थीहरुर्ले कालो झण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा जाने क्रममा थापालाई नेवि संघका विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।

पोखरा पुगेका गगन थापालाई नेविसंघले देखायो कालो झण्डाको लागि तस्बिर परिणाम

नेविसंघले शनिबार सरकारी गाडी जलाएको घटनाप्रति थापाले विरोध जनाएका थिए । नेविसंघका जिल्ला नेताहरु हिरासतमा रहेको समयमा आफ्नै दलका नेताले संघको विरुद्धमा ट्वीट गरेकाले कालो झण्डा देखाई विरोध जनाएको नेविसंघ कास्कीका नेता विकास थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.