पोखरा तरुणद्वारा वीपीलाई सम्झदै रक्तदान

रिपोर्ट नेपाल | 2020 Jul 22 | 12:10 pm 3110

कास्की, साउन ७ः नेपाली कांग्रेस सशक्त संगठन नेपाल तरुण दल पोखरा महानगरले जननायक वीपी कोइरालाई स्मरण गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका २७ को तालचोकमा ३८औं वीपी जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रम नेपाल तरुण दल कास्कीका अध्यक्ष मानेज गुरुङले उद्घाटन गरेका थिए ।

अध्यक्ष गुरुङले वर्तमान ओली नेतृत्व सरकारको ग्रैह्र जिम्मेवारीका कारण मुलुक दिन प्रतिदिन संकट तर्फ उन्मुख भएकोले तरुणहरु एकजुट भई राष्ट्र र लोकतन्त्रको रक्षार्थ लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

तरुण दल महानगरका अध्यक्ष सागर गुरुङको सभापतित्वमा सम्पन्न सक्तदान कार्यक्रम नेपाली कांग्रेस कास्कीका सदस्य रामबाबु भण्डारीले महामानव वीपीको दुरदर्शिताको चर्चा गर्दै तरुण दल सिर्जनशिल युवाको संगठन भएकोले रचनात्मक र संगठनात्मक काममा लाग्नु पर्ने बताए ।

कार्यक्रममा तरुण दल महाधिवेशन प्रतिनिधि सुरजजंग राणा, उपाध्यक्ष दिपक गुरुङ, प्रजातन्त्र सेनानी मित्रलाल लामिछाने, नेपाली कांग्रेस प्रशिक्षण विभाग सदस्य सरस्वती गुरुङ, युवा नेता गुरु बराल, किशोरदत्त बराल, पुजन थकाली, टेकनसुब्बा गुरुङ, पूर्ण गुरुङ, बिनोद लामिछाने, प्रेम तामाङ, ओमप्रकाश गुरुङ, मिलन तिवारी, शरण नेपाली, मोहन बन्जरा, विद्यार्थी नेता आशिक गुरुङ, यामी परियार, फिरोज सुवेदी, धुर्व अधिकारी, प्रताप बानिया, भोज बहादुर गुरुङ, सुभाष भण्डारी र शास्वत न्यौपानेलगायतका नेताले वीपीको बहुआयामिक बारे चर्चा गरेका थिए ।

वीपी जयन्तीकै अवसरमा कास्की कांग्रेसले बृक्ष रोपण गरेको थियो भने नविसंघले दिप प्रज्वलित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.