पोखरामा बम डिस्पोज गर्दा एक सैनिक घाइते

| 2019 Apr 18 | 09:22 am 2257

कास्की, वैशाख ५: चन्द नेतृत्वले गरेको बन्दको बेला पोखराका २ ठाउँमा शंकास्पद वस्तु भेटिएको छ।

पोखरास्थित नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो ।

त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ गएको प्रहरी जानकारी दिए । शंकास्पद वस्तुहरु नेकपाका विप्लव समूहले राखेको हुन सक्ने प्रहरीको आशंका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.