पोखरामा दैनिक ५० लिटर दूध दिने गाई

| 2021 Jul 09 | 03:12 pm 1793

कास्की, असार २५ः पोखरा २५ हेमजाका घनश्याम तिमिल्सिनाले दैनिक ५० लिटर दूध दिने गाई पालेका छन् । अमेरिकन होलेस्टिन जातको गाईले दैनिक ५० देखि ५२ लिटरसम्म दूध दिने गरेको तिमिल्सिनाले बताए ।

पहिलो बेतमा उक्त गाईले दैनिक ४० लिटर दूध दिएको बताएका तिमिल्सिनाले दोश्रो बेतको सुरुमा भने ५० देखि ५२ लिटरसम्म दैनिक दूध दिने गरेको दाबी गरे ।

होलेस्टिन, जर्सी, मिनी जर्सी, नेजरल्याण्ड जातसहितका उनको फार्ममा १ सय ५० वटा गाई रहेका छन् । उनको गाई फार्ममा करिब ८० प्रतिशत होलेस्टिन जातकै गाईसहित करिब २ सय ५० वटा भैंसी पनि रहेका छन् । उनले दैनिक ७ सय लिटर दूध बिक्री गर्दै आएका छन् ।

उनले प्रत्यक्ष रुपमा १० जनालाई रोजगार समेत दिएका छन् । दूध उत्पादनमा राम्रो प्रतिफल लिन दूधालु घाँसहरुको जोहो पहिलो आवश्यकता भएको उनले बताए । तिमिल्सिनाले तराइको परालको भरमा भैंसी पालन गर्दा प्रतिफल राम्रो नहुने दाबी गरे ।

गाई, भैंसीको साथमा उनको फार्ममा एक सय २२ किलोको वोयर जातको बोका र विभिन्न तरकारी खेती पनि गर्दै आएका छन् । १४ वर्षदेखि गाई पालन व्यवसायमा लागेका तिमिल्सिना ९ वर्ष वैदेशिक रोजगारीमा गएका थिए । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.