कास्की, चैत ६: बिहीबार पोखरा महानगरपालिका १६ को लामाचौरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
फेला पर्नेमा रोल्पा घर भइ हाल लामाचौर बस्दै आएका २७ वर्षीय युवक सुनिल पुन मगर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बुधवार बेलुका खाना खाएर सुतेका उनि बिहीबार बिहान मृत फेला परेका हुन् ।
बिहीबार बिहान अचेत अवस्थामा भेटिएका मगरलाई उपचारको लागि मातृ शिशु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।