पोखरामा एक युवकको हत्या

रिपोर्ट नेपाल | 2018 Oct 02 | 10:30 am 3869

पोखरा, असोज १६: पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ ।

पोखरा महानगरपालिका–३ को पालिखेचोकभन्दा करीब सय मिटर माथि प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो। उनको थर र ठेगाना भने खुलेको छैन।

युवाको टाउको र खुट्टामा हतियारको गम्भीर चोट रहेकाले उनको हत्या भएको बताएको छ । प्रहरीका अनुसार, उनी प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका थिए ।

स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले मृतकसँगै काम गर्ने युवाहरुले हत्या गरेको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.