पोखरामा एक महिलाले आफैंलाई आगो लगाइन्

रिपोर्ट नेपाल | 2018 Dec 31 | 07:16 pm 2951

पोखरा, पुस १६  : पोखरामा एक महिलाले अस्पतालअगाडि आफैंलाई आगो लगाएकी छिन् । पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर जल्ने प्रयास गरेकी हुन् ।

प्रत्यक्षदर्शी सुरज गुरूङका अनुसार उनी एक भारतीय महिला हुन् । गुरूङले उनको तस्बिर समेत खिचेका थिए ।

उनी आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए । उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.