पोखराको विजयपुर खोलामा निर्माणाधीन बेलीब्रिज संचालन

रिपोर्ट नेपाल | 2019 Jul 27 | 07:16 pm 2441

कास्की, साउन ११:  पोखराको विजयपुर खोलामा नयाँ निर्माण भएको बेलीब्रिज शनिबारदेखि  संचालनमा आएको छ ।

उक्त बेलीब्रिज परिक्षण गरी शनिबार दिउसो ४ बजे देखि संचालनमा आएको सडक डिभिजन कार्यालय पोखराका सडक डिभिजन प्रमुख हरि पोख्रेलले जानकारी दिए ।

पुलको नट बोल्ट कस्ने काम सकिएपछि पुलमा डोजर लगायतका भारी सवारीसाधन चलाएर परिक्षण गरिएको थियो ।

पुलको पुर्व – पश्चिम क्षेत्रमा ग्रावेलिङ गरी सवारी साधन संचालन गरिएको हो। करिब ४र५ दिन पछि मात्र पिच गरिने पोख्रलले बताए ।

उक्त पुल करिब ४र५ बर्ष टिक्ने गरी अस्थायी रुपमा तयार पारिएको उक्त पुलमा हाल ३५ टन क्षमता भन्दा माथिको भारवान कुनै पनि मालसामान ओसार पोसार गर्न नहुने प्रमुख पोख्रेलले जनाए ।

पोख्रेलका अनुसार बेलीब्रिज अस्थायी पुल नै हो, यसको विकल्पमा अर्को पुल आवश्यक नै हुन्छ, यो पुलको भारवान क्षेमता ३५ टन मात्र हो, ३५ टन भन्दा बढी भारवान क्षमताका सवारी साधनलाई पुलमा प्रतिवन्ध गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.