काठमाडाैं, भदाै ६ । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा)ले पेट्रोल छर्केर आत्मदाह गरेकी छन् । २५ वर्षीया रोशनीले पोखरा-८ जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी हुन्।
शरीरमा पेट्रोल खन्याएर जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भोलिपल्ट दिउँसो उनको मृत्यु भएको हो।
७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी चलचित्र पत्रकार संघ कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी थिइन् । उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन्।
पोखरामा २०५५ पुस २७ मा जन्मिएकी एलिजाको गत वर्षमात्र विवाह भएको थियो। उनको गर्भमा शिशुसमेत हुर्किंदै गरेको बताइएको छ। उनले आत्मदाह किन गरीन भन्ने कारण अहिलेसम्म खुलेको छैन।