काठमाडौं, असोज ८ बुधबार बिहान काठममाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ६ राउण्ड सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, काठमाडौं बल्खु बस्ने सिन्धुलीका प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आले रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उक्त होटलको ४ सय ४ नम्बर रूमबाट उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको सो कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।