काठमाडौं, भदाै १० । कुकुरको पुच्छर १२ वर्ष ढुङ्रामा राखेपनि बाङ्गाको बाङ्गै भनेझैं ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय भोगेर कैदमुक्त भएका सुलभ भनिने सुरज श्रेष्ठ पेस्तोलसहित फेरी काठमाडौंबाट पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–७ का २८ वर्षीय सुलभ बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले श्रेष्ठको साथबाट ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड ९ एमएमको गोली सहित एकथान म्यागजिन बरामद गरेको छ ।