विरगंज, कात्तिक ९ : विरगंज भन्सारमा पेस्तोल सहित तीन जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले बताएका छन् ।
पक्राउ परेका ती भारतीय नागरिकबाट एक पेस्तोल, आठ राउण्ड गोली र दुई म्याग्जिन बरामद गरिएको बुझिएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।