दाङ, भदौ ३१: जिल्लाको घोराही उपमहानगरपालिका १३ बडहरा बस्ने २७ वर्षीय बीरबहादुर चौधरीलाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेका छन ।
घोराही उपमहानगरपालिका १५ स्थित घोराही तुल्सीपुर सडकमा प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा चौधरीलाई पाईन्टको बेल्टमा लुकाई छिपाई राखेको उक्त हतियार सहित प्रहरीले फेला पारी पक्राउ गरिएको हो ।
चौधरीले प्रयोग गरेको रा ४ प २४६६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको बताएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।